सातौँ अर्किड कप : माउण्ट सेव, कौटिल्य, मनकामना र सांग्रीला स्कुल सेमिफाइनलमा प्रवेश

काठमाडौं – काँडाघारीमा अवस्थित अर्किड प्युपल सेडेण्डरी स्कुलको आयोजना जारी सातौँ अर्किड कप अन्तर्गत आज क्वाटर फाइनलका चार खेल भएका छन् । जसमा पहिलो खेल निर्मल ज्योति स्कुल र माउण्ट सेव स्कुलबीच भएको हो । जसमा निर्मल ज्योती स्कुललाई पराजित गर्दै माउण्ट सेव स्कुल २–० गोल अन्तरले विजयी भएको छ । माउण्ट सेवका तर्फबाट सन्तोष ढुंगाना र जेम्स खड्काले एक/एक गोल गरेका छन । उत्कृष्ट खेलाडी भने निर्मल ज्योतिका सागर मगर चुनिएका छन् ।


यस्तै दोस्रो खेलमा कौटिल्य स्कुलले नेक्सस स्कुललाई ४–३ गोल अन्तरले पराजित गरेको छ । कौटिल्यका पदम राज खड्काले ह्याट्रिक गोल र अनिस खड्काको थप एक गोल गरेका थिए । नेक्सस स्कुलका सौर्य झा, रितेश र सन्दिप केसीले आकर्षण प्रत्युत्तर गोल गरेका थिए । म्यान अफ द म्याच भने नेक्ससका स्वंयम थापा मगर चुनिएका छन् ।

यसैगरी आजै भएको क्वाटर फाइनल अन्तर्गतको तेस्रो खेलमा हाइली क्रिएटिभ स्कुललाई मनकामना स्कुलले ०–३ गोल अन्तरले स्वब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ । मानकामनाका लागि सुमन सुनुवारको दुई गोल तथा सुनिल दंगालको एक गोलले मनकामनालाई सेमिफाइनलमा सहज यात्रा बनाइदिएको छ । हाइलीका गोकु्ल शर्मा म्यान अफ द म्याच भएका छन् ।

 

यस्तै आजै भएको चौथो तथा अन्तिम खेल भने सांग्रीला स्कुल र भिमेश्वर एकेडेमीबीच भएको छ । जसमा सांग्रीला स्कुलले भिमेश्वर एकेडेमीलाई ३–० गोलले पराजित गरेको छ । गम्भीर तामाङको दुई तथा चुडामणी राइको एक गोलले सांग्रीला सातौँ अर्किड कपको सेमिफाइनमा पुगेको छ । म्यान अफ द म्याच भने भिमेश्वरका कास्मीन ढुंगेल चुनिएको अर्किड स्कुलका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

पर्सि तथा आइतबार सातौ अर्किड कप अन्तर्गत सेमिफाइनलका खेलहरु हुने आयोजक अर्किड स्कुलले जनाएको छ । यसैगरी ८ गते सोमबारका दिन फाइनल खेल भव्य समारोहका बीच सम्पन्न गरिने अर्किड स्कुलका संयोजक नरेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार