नायिका पूजा शर्माले भनिन् : ‘पल शाह देख्दा शाहरुख खान नै लाग्छ’

काठमाडौं – अभिनेता पल शाहसँग पूजा शर्माको निकटता सबैलाई थाहा भएकै कुरा हो । केही फिल्ममा यी दुईको जोडी हिट पनि भएको छ । जबर्जस्ती करणीको मुद्दामा पल पक्राउ पर्दा पूजाले आँसु पनि बगाएकी थिइन् ।

यतिबेला पललाई लिएर पूजाले पुनः टिप्पणी गर्दै पलबिना फिल्म उद्योग नै खल्लो लागिरहेको बताएकी छन् । पल र पूजाले सँगै अभिनय गरेको एक गीत समावेश फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उक्त फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

Dengue

फिल्म हेरिसकेपछि पूजा मिडियासामु पललाई लिएर केही भावुक सुनिइन् । पल बिना आफूलाई नरमाइलो लागिरहेको उनको भनाई छ । पलजस्तो कलाकार पाउन मुस्किल रहेको उनको दावी थियो । बोल्दै गर्दा पूजाले बलिउड अभिनेता शाहरुख खानको नाम पनि लिइन् । पूजा शाहरुखकी फ्यान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै हो । शाहरुखको फिल्म ‘पठान’ रिलिज हुँदा हल पुगेर उनले केक समेत काटेकी थिइन् । पललाई देख्दा पनि शाहरुख नै लाग्ने भन्दै उनले प्रशंसा गरिन् । शाहरुखलाई आफूले भगवान मान्ने बताउँदै पूजाले उनलाई नै हेरेर फिल्म करिअरमा आउने निर्णय समेत गरेको बताइन् । विशेष शोमा अभिनेता पुष्प खड्का पनि उपस्थित थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार