दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शेखरचन्द्र ओझालाई

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रशासकीय अधिकृत शेखरचन्द्र ओझालाई दिइएको छ । लेकम गाउँपालिका कार्यपालिका बैठकले ओझालाई जिम्मेवारी दिएको हो । बिहिबार बसेको कार्यपालिकाको बैठकले ओझालाई जिम्मेवारी दिएको एक कर्मचारीले बताएका छन् । यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नारायण दत्त भट्टलाई दिईएको थियो ।

कार्यपालिकाको निर्णयको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भइसकेकोले सम्भवतः भोली नै मन्त्रालयबाट अख्तियारी प्राप्तहुनेछ ।

Dengue

लेकम गाउँपालिका वडा नं. ४ स्थायी घर भएका ओझा दार्चुलाको व्याँस गाउँपालिकामा करिब १ बर्ष ४ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा एक बर्ष ३ महिना जिम्मेवारी बहन गरि लेकम गाउँपालिकामा ५ महिना अघि प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार