विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन इमर्जेन्सी मेडिकल टिम परिचालन गर्ने तयारी

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ । मन्त्रालयले तयार पारेको न्युतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा इमर्जेन्सी मेडिकल टिमको क्षमता अभिवृद्धि र मेडिकल टिम परिचालन गर्ने उल्लेख छ । मन्त्रालयले तयार पारेको कार्ययोजना अनुसार यसका लागि छुट्टै कार्यविधि तयार हुनेछ ।

यस्तैगरी, मन्त्रालयले विद्यमान संगठन संरचनालाई परिमार्जन गर्ने तयारी समेत गरेको छ । मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र संघअन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्ययोजना तयार गरेको छ ।

Dengue

कार्ययोजनामा २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृती लिइसक्ने उल्लेख छ । ०७९ चैतभित्र तय भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्बाट पास गरिसक्ने समयसीमा तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार