फिजम फुटवल : बेष्ट ग्रुप, मोनाष्टिक, नेक्सस र ग्रामर स्कुल सेमिफाइनलका लागि छनोट

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम खेल भएका छन् । जसमा पहिलो खेल लाइसियम स्कुल र नेक्सस स्कुल बिच भएको भने दोस्रो खेल ग्रामर स्कुल र भीभीएम स्कुल बीच भएको छ । पहिलो खेलमा नेक्सस स्कुल ४–० गोलअन्तरले विजयी भएको छ । नेक्ससका कृष्ण बहादुर आलले पहिलो हाफको २९ औँ मिनेटमा गोल गरे भने दिलन लिम्बुले दोस्रो हाफको १७ औँ मिनेटमा गोल गरेर खेललाई आफ्नो पोल्टामा पार्न सफल भए । यसैगरी दोस्रो हाफको २४ औँ मिनेटमा अनिश थापा मगरले गोल गरे भने ३५ औँ मिनेटमा कर्तव्यले गोल गरेर ४ गोल सहित खेल जिताउन सफल भए ।

यसैगरी दोस्रो खेल ग्रामर स्कुलले जितेको छ । भक्तपुरको मध्यपुरथिमी खेलमैदानमा भएको खेलमा ग्रामर स्कुल ३–१ गोल अन्तरले विजयी भएको हो । ग्रामरका बबुल लिम्बुले ३१ औँ मिनेटमा गोल गरे भने सुबाहाङ राईले दोस्रो हाफको ११ औँ मिनेट तथा बीर बहादुर तामाङले दोस्रो हाफको १४ औँ मिनेटमा गोल गरेर खेल जिताउन सफल भए ।

Seti Hospital

खेल तालिका अनुसार पर्सि १९ गते सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा चार स्कुलबीच खेल हुनेछ । जसमा पहिलो खेल बेष्ट ग्रुप भीजन स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच हुनेछ । भने दोस्रो खेल नेक्सस स्कुल र ग्रामर स्कुलबीच हुने कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो ।

सेमिफाइनमा विजेता टोलीले २१ गते फाइनल उपाधिका लागि भिड्ने छ भने पराजित टोली तेस्रोका लागि सोहि दिन नै भिड्ने जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार