भारतीय कम्पनीले बनाएको खाेकीकाे औषधि खाँदा बालबालिकाकाे ज्यान गयो, भारतले थाल्यो अनुसन्धान

काठमाडौँ – उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेसँगै भारतले अनुसन्धान थालेको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ ।

केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि उत्पादन केन्द्रमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । खोकी सिरपको नमुना लिइएको र चण्डीगढको क्षेत्रीय औषधि परीक्षण प्रयोगशालामा पठाइएको पनि सङ्गठनले जनाएको छ । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने यो विषयमा उज्बेकिस्तानले आधिकारिक जानकारी नगराएको बताएका छन् । उनले अनुसन्धानसँग सम्बन्धित जानकारी लिन कोसिस गरिरहेको पनि बताए ।

Dengue

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले भारतको डोक–१ म्याक्स सिरपलाई १८ जना बालबालिकाको मृत्युको मुख्य कारण भएको जनाएको छ । यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ ।

यस्तै यी बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवम् सल्लाहविना नै अधिक मात्रामा औषधि खाएका पनि उज्बेकिस्तानले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ ।

यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार