प्रकाश सपुतको स्वरमा रहेको पहिलो डेउडा गीत “लाइहेल कालो टीको” सार्वजनिक

Call24News

काठमाडाैँ – लोक तथा दोहरी गायक प्रकाश सपुतको पहिलो डेउडा गीत सार्वजनिक भएको छ । “लाइहेल कालो टीको” बोलको गीतमा प्रकाश सपुत र लक्ष्मी आचार्यको स्वर रहेको छ । लक्ष्मी आचार्यको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत छोटो समयमा धेरै हेरिएको छ । शुक्रवार अपलोड गरिएको गीतमा सकारात्मक प्रतिक्रिया आएको छ ।

देउडा गायक नरेन्द्र राज रेग्मीको लय संगीत रहेको उक्त गीतलाई बीपी फिल्मस् नेपालले ले पोष्ट प्रोडक्सन गरेको छ । गायक प्रकाश सपुत, लक्ष्मी आचार्य तथा हेम राज अधिकारीले अभिनय गरेको उक्त गीतलाई नवराज उप्रेतीले छायांकन गर्नुभएको छ ।

Dengue

उमाकान्त आचार्यले निर्माण गरेको उक्त गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन् । मौसम हिमालीको निर्देशन तथा विशाल घिमिरेको सह निर्देशनमा निर्माण गरिएको उक्त गीतमा सुदूरपश्चिमका शब्दहरु समावेश गरिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार