सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ (भिडियो)

काठमाडौँ – प्रहरी सहायक निरीक्षक सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ सार्वजनिक भएको छ । नेपाल पुलिसको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा लागुपदार्थ सेवन स्वास्थ्यको लागि हानिकारक भएको स्पष्ट पारिएको छ । शेरी औजीको स्वर रहेको यस गीतको शब्द भने प्रहरी निरीक्षक बसन्त पाण्डेले रचना गरेका हुन् । महेशकुमार औजीको संगीतमा गीत निर्माण गरिएको हो । खगेन्द्र नेपालले निर्देशन गरेको यस गीतको छायांकन भने अमित विकले गरेका हुन् । श्री राम फिल्मस् ले निर्माण गरेको यस भिडियोको सम्पादन भने अनुप विकले गरेका हुन् । मेकअपमा भने सपना आउजी छिन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार