नुवाकोटमा १६१ जनाको आँखाको शल्यक्रिया सम्पन्न

Call24News

काठमाडौँ – नुवाकोटमा १६१ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । पौष १ गते देखि ३ गते सम्म जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा संचालित आँखा शिविरमा १६० जना मोतिबिन्दु भएका बिरामी र १ जना मासुपलाएको गरी जम्मा १६१ जनाको सफलता पूर्वक आँखाको शल्यक्रिया सम्पन्न भएको हो । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा शिविर समपन्न भएको नेत्र अधिकृत तारा बहादुर वाइवाले जानकारी दिए ।

प्रत्येक तीन–तीन महिनामा शिविर संचालन गर्ने सामुदायिक आँखा केन्द्र नुवाकोटको कार्ययोजना रहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार