जिल्लाव्यापी मावि स्तरीय बक्तृत्वकलाको आयोजना हुदैँ

काठमाडाैँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा पौष ३ गते आइतबार जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना हुदैँछ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ खहरे पेप्सीकोलामा रहेको पाणिनी स्कुलमा उक्त वक्तृत्वकलाको आयोजना हुदैँछ ।

कार्यक्रम संयोजक प्रेमकुमार भुजेलका अनुसार नेसनल प्याब्सन काठमाडौँले नगर अनुसार फरक फरक कार्यक्रमको आयोजना गरिरहेको र जसअन्तर्गत कागेश्वरी मनोहरा नगर समितिलाई वक्तृत्वकला परेकोले सोहि बमोजिम उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।

Dengue

संस्थागत विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण शीर्षकमा ५ मिनेटसम्म विद्यार्थीले आफ्नो विचार प्रस्तुत गर्न सक्नेछ । प्रति विद्यालय १ जनाको दरले कार्यक्रममा सहभागी गराउन मिल्नेछ । विहान १० बजेबाट कार्यक्रम सुरु हुने र प्रति विद्यालयले सहभागी दस्तुरको रुपमा रु एक हजार जम्मा गर्नुपर्नेछ ।

उक्त वक्तृत्वकला प्रतियोगितामा सम्पूर्ण सदस्य विद्यालयलाई सहभागिता जनाउन काठमाडौँ जिल्ला समिति अध्यक्ष खडक बस्नेतले अनुरोध गर्नुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार