अष्ट्रेलियाको क्‍विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु

अष्ट्रेलियाको क्‍विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको हो ।

एउटा घरमा हराएका व्यक्तिको खोजी गर्न प्रहरी अधिकारीहरु त्यहाँ पुग्दा उनीहरुमाथि आपराधिक समूहले गोली प्रहार गरेका थिए । सो क्रममा तीनजना बन्दुकधारीहरूको पनि प्रहरीको गोली लागि ज्यान गएको छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

Dengue

घाइते भएका दुई प्रहरीको भने अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले अष्ट्रेलियाका लागि यो हृदयविदारक घटना भएको बताउनु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार