बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै

बैतडी –  बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो।

जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए। प्रतियोगिताको तयारी पूरा भइसकेको छ। प्रतियोगितामा दोगडाकेदार गाउँपालिका बाहेक ९ ओटा स्थानीय तह र एक आयोजक गरी १० ओटा टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

Seti Hospital

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार ट्रफी वितरण गरिने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार