फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा, यी टिमहरुबीच हुनेछ सेमिफाइनल खेल

काठमाडौं – कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ।

Dengue

क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो ।

यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ ।

जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराएको थियो ।

सेमिफाइनल खेल

क्रोएसिया भर्सेस अर्जेन्टिना : मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे

मोरक्को भर्सेस फ्रान्स मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार