प्रधानमन्त्री कपमा सुदूरपश्चिमकाे पहिलाे जित

काठमाडौँ  – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियाेगितामा यो सुदूरपश्चिमको पहिलो जित हो ।

मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन र दिवन पुनले दुई विकेट लिए ।

Dengue

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रन र सुवास एयरले २४ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले चार, हेमन्त धामीले तीन र गजेन्द्र बोहराले दुई विकेट लिए । जितसँगै समूह ‘ए’ काे सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जाेडेकाे छ । कर्णाली तीन खेलमा अङ्कविहीन हुँदै तालिकाकाे पुछारमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार