जापानमा नेपाली जनप्रगतिशील मञ्चको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

जापान – नेपाली जनप्रगतिशील मंच जापान च्युबू क्षेत्रीय समिति नागोयाले शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसरमा आइतबार नागोयामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
मञ्चका क्षेत्रीय उपाध्यक्ष किसानलाल उप्रेतीको संयोजकत्वमा आयोजित सो कार्यक्रममा मंचका उपाध्यक्ष नवराज चापगाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन मञ्चका सचिव रन्जित गौतमले गरेका थिए ।
कार्यक्रमका प्रमुख आतिथी नेपाली जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष भवानी पन्तले शुभकामना आदानप्रदान कार्यक्रमले जापान स्थित नेपाली समुदायका बीचमा भ्रातृत्व, भाईचारा र भावनात्मक सम्बन्ध बिस्तार गर्न सहयोग पुर्‍याउने बताए । सोही कार्यक्रममा प्रवासी नेपाली मञ्चका एशिया संयोजक डा. सरोज कंडेलले चाडपर्वको अवसरमा हुने यस्ता कार्यक्रमले नेपाली समुदायको उत्थानको लागि टेवा पुग्ने बताए ।

SHIKHAR COOL TECH

त्यसैगरि बिशिष्ट अतिथि जनप्रगतिशील मञ्च जापानका निबर्तमान केन्द्रीय अध्यक्ष हवलचन्द्र लामाले यस्ता कार्यक्रमको आयोजनाले जापान स्थित नेपाली समुदायको बिचमा भएका समस्याहरूको पहिचान गर्न र त्यसको समाधान गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा मञ्चका पूर्व सचिव तथा वर्तमान सल्लाहकार शालिकराम भण्डारीले सबै मिलेर हातेमालो गर्दै अगाडी बढ़न सुझाव दिए । त्यसैगरी मञ्चका क्षेत्रीय समिति अध्यक्ष कमरेड हरीदोङ तामाङले यस्ता कार्यक्रमले सबैमा भाईचारा तथा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य राज पूरी, एनआरएनए जापान क्षेत्रीय समिति उपाध्यक्ष राजकुमार अधिकारी, नेपाली प्रवासी मंच क्षेत्रीय समिति नागोया अध्यक्ष कृष्ण भूषाल, गल्कोट समाज जापानका निवर्तमान अध्यक्ष याम खत्री, सोही समाजका क्षेत्रीय अध्यक्ष अजय थापा, नेपाली ब्यवसायी संघ, नगोया क्षेत्रीय अध्यक्ष नरबहादुर थापा, तामाङ समाज जापान नागोया क्षेत्रीय समिति अध्यक्ष रकम लामा, दर्शन समाज जापानका संरक्षक सूरज मल्ल लगायत झण्डै एक दर्जन भन्दा बढी संघसंस्था र समाजका प्रतिनिधिहरूले शुभकामना आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा जापानमा उच्च शिक्षाका लागी आएका नवआगन्तुक बिद्यार्थीको समेत बाक्लो उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको स्पोन्सर नेपाली समाज जापानका सल्लाहाकार तथा जापान स्थित स्थापित ब्यवसायी लाल तामाङले गरेका थिए । उनले  कार्यक्रमको लागि रू एक लाख आर्थिक सहयोग गरेका थिए । त्यसै गरि कार्यक्रममा गायिका शर्मिला गुरूङ र नवराज चापागाइले दोहरी गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रम देउराली दोहरी साँझ, नागोया जापानमा सम्पन्न भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार