ट्वान्टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

काठमाडौँ – टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् ।

पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । खेल सिड्नीमा दिउँसो पौने १ बजे सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । खेल दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । यसअघि हिजो भएका खेलमा जिम्बावे समूह ‘बी’ को विजेता र आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् ।

Dengue

सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार