तिवारीको जितले शिक्षा क्षेत्रका समस्या सामाधान हुन्छन् : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार प्रदिप तिवारीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष हमालले तिवारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । तिवारी नेसनल प्याब्सन सिरहा जिल्ला अध्यक्ष तथा सगरमाथा उच्च मा. बि. तथा क्याम्पसका प्रिन्सिपल हुन् । शिक्षा क्षेत्रका उज्वल नक्षत्रका रुपमा परिचित तिवारी सामाजिक अभियान्ता समेत हुन् । समाज परिवर्तनको वकालत गर्ने तिवारीले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

dashain shuvakamana
Discovery School

शुभकामना आदान प्रदानमा संक्षिप्त कुराकानी गर्दै हमालले सिरहा जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका तिवारीको जितले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजी हुने विश्वास व्यक्त गरे । अध्यक्ष हमालले त्यस क्षेत्रका सम्पुर्ण विबेकशिल मतदाता आम जनतालाई यो अवसरलाई पुर्ण सदुपयोग गरी स्वविवेकको प्रयोग गर्न समेत अपिल गरे ।

उक्त कार्यक्रममा नेसनल प्याब्सन मधेश प्रदेशका प्रदेश अध्यक्ष डा. नन्दन यादबले तिवारीको स्वतन्त्र उमेदवारीले आम जनताको भावना जितेको र भाबी योजना, समग्र सिरहा बासी र प्रदेशको समृद्धिका लागि कर्तव्यनिष्ट भइ काम गर्ने प्रतिबद्धताबाट उनको जीत सुनिश्चित भइसकेको बताए । नेसनल प्याब्सन सिरहा जिल्ला समिती, प्रदेश समिति र स्थानीय क्षेत्रका बिद्यालयका संचालकहरु, बुद्धिजिबिहरुको समेत उपस्थिती रहेको थियो । नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार