कालिकोटको राँचुलीमा मलामी गएका १३ जना पहिरोसँगै तीला नदीमा बेपत्ता [नामावली]

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा आइतबार दिउँसो मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी इन्सपेक्टर शुभराज बमले जानकारी दिए। स्थानीयले साेमबार बिहान खबर गर्दा १५ जना सम्पर्कविहीन भएको सूचना दिए पनि प्रहरी घटनास्थल पुग्दा १३ जना बेपत्ता भएको पाइएको बमले बताए। उनका अनुसार आइतबार दिउँसो एक बजेतिर तीला नदीमा मलामी गएका उनीहरु माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएका हुन्।

Seti Hospital

बेपत्ता हुनेमा वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना रहेका छन्। साथै पहिरोले दुई/तीनवटासहित बगाएको उनले बताए। बिहान प्रहरी चौकी नाग्मगाड र खललागाडबाट दुई टोली जेसिबीसहित घटनास्थल पठाइएको थियो।  बेपत्ताहरुको नामावली संकलन भइसकेको र उनीहरुको खोजी गर्ने काम जारी राखेको बमले बताए। कर्णाली राजमार्गको सात/आठ ठाउँमा पहिरो खसेकाले जिल्लाबाट उद्धारका लागि जान सक्ने अवस्था नभएको र स्थानीयको सहयोगमा घटनास्थल पुगेका प्रहरीले खोजी कार्य जारी राखेको उनले जानकारी दिए।

पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार