हरियो सेनाबारे तत्काल छानबिन गर्न सांसद भण्डारीको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीले हरियो सेना भनिएको विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भण्डारीले यस्तो माग गरेका हुन्।

सांसद भण्डारीले पछिल्लो समय चर्चामा आएको हरियो सेनाको वास्तविक पहिचान र उद्देश्यका बारेमा प्रश्न उठाएका छन् । उनले भने- ‘अहिले चर्चामा रहेको हरियो सेना भनेको के हो ? यसबारे अविलम्ब छानबिन गर्न म सरकारसँग माग गर्दछु।’

मुलुकको सुरक्षा र व्यवस्थासँग जोडिन सक्ने यस्ता विषयमा अन्योल सिर्जना हुनु नहुने भन्दै उनले सरकारले यसबारे स्पष्ट पारेर नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार