विपद्मा परेका भोटेकोशीवासीलाई शैलेश सिंहको साथ, दिए १ लाख ११ हजार बढी

धनगढी : युवा व्यवसायी तथा राजनीतिज्ञ शैलेश सिंहले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बझाङ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सिंहले विपद्का कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गरेका हुन्।
सहयोगपछि सिंहले विपद्को यस दुःखद घडीमा पीडित नागरिकलाई केही राहत र साथ पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए।

“पीडाको यो कठिन समयमा केही राहत र साथ दिन सकूँ भन्ने भावनासहित मेरो व्यक्तिगत तर्फबाट सानो सहयोग गरेको छु। दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठूलो धर्म हो,” सिंहले भने।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग गर्दै आएका छन्।

सिंहको सहयोग पनि विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने मानवीय अभियानकै एक हिस्सा भएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार