भोटेकोशी बाढी पीडितका लागि निसर्ग हस्पिटलको ठूलो उदारता: सुदूरपश्चिममै सर्वाधिक ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

धनगढी : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि धनगढीको प्रतिष्ठित स्वास्थ्य संस्था निसर्ग हस्पिटलले उच्च मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्दै ठूलो आर्थिक सहयोग घोषणा गरेको छ। हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११,११,१११ (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) जम्मा गरेको छ। प्राप्त जानकारी अनुसार, यो रकम सुदूरपश्चिम प्रदेशबाट कुनै पनि निजी क्षेत्र वा स्वास्थ्य संस्थाबाट विपद् उद्धार कोषमा गरिएको अहिलेसम्मकै सर्वाधिक (Highest amount) सहयोग हो।

विपत्तिको यो कठिन समयमा चाडपर्वको उल्लासभन्दा पीडितहरूको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राख्दै हस्पिटलले एक अनुकरणीय पहल गरेको छ। यस सहयोग रकममा हरितालिका तीज पर्वका लागि हस्पिटलमा आयोजित/छुट्याइएको कार्यक्रमको बजेटसँगै, त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स, अन्य सम्पूर्ण कर्मचारीहरू तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब तथा सुविधाबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम मिसाइएको छ।

संकलित उक्त भारी रकम नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा रहेको ग्लोबल आइएमई बैंक लिमिटेडको खातामार्फत औपचारिक रूपमा जम्मा गरिएको हस्पिटलले जनाएको छ।

“चाडपर्वको खुसीभन्दा अहिले विपत्तिमा परेका पीडित परिवारको साथमा उभिनु र उनीहरूलाई राहत पुर्याउनु नै हाम्रो प्रमुख कर्तव्य र महत्वपूर्ण सामाजिक उत्तरदायित्व हो,” हस्पिटल परिवारले बताएको छ। संकटको यस घडीमा सुदूरपश्चिमबाटै यसरी अग्रसरता देखाउँदै सबैभन्दा ठूलो धनराशि सहयोग गर्ने निसर्ग हस्पिटलको यो कदमप्रति अहिले सम्पूर्ण क्षेत्रबाट उच्च प्रशंसा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार