सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मृत भेटिए

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक राजेन्द्र सिंह सामन्त हुन्। उनी बुधबार बिहान करिब १० बजे धनगढी उपमहानगरपालिका–२ स्थित सन्तोशी टोलको खोल्सामा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। घटनास्थलको आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।

प्रहरीका अनुसार सामन्त सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए र धनगढीमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार