पूजा धानुक मृत्यु प्रकरणः श्रीमानसहित पाँच जना पक्राउ

धनगढी: धनगढी उपमहानगरपालिका–४ निवासी २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमानसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धानुक सोमबार साँझ आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमान भरत धामीले उनलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल पुर्‍याए पनि चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका बुवाले श्रीमान भरत धामी तथा उनका परिवारका सदस्यविरुद्ध कर्तव्य ज्यानको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन्। उक्त जाहेरीका आधारमा प्रहरीले धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार