सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । 

शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ ।’ 

सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो ।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार