डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

८ साउन, धनगढी । धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ ।

धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।

अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो,’ पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’

दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन अनुरोध गरेका थिए ।

व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र नै थमाएपछि डाक्टर गोविन्द केसी विकल्पबारे छलफल गरिररहेको उनका सहयोगी डा. अमृत जैशीले बताए ।

जैसीले डाक्टर केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको तर अहिले व्यवस्थापन समितिले के–कति कारण ठाउँ छाड्न भन्यो भन्ने कुरा थाहा नभएको बताए ।

डाक्टर केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार