अब धनगढी उपमहानगरपालिकामै उपलब्ध हुने भयो भूमि प्रशासन सेवा

धनगढी — धनगढी उपमहानगरपालिकाभित्रका नागरिकले अब भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्ने भएका छन्। नापी कार्यालय कैलालीले जारी गरेको सूचनाअनुसार साउन ६ गतेदेखि यी सेवाहरू धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमार्फत सञ्चालन गरिने भएको हो।

नापी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाको च.नं. १३, मिति २०८३ साउन १ गतेको पत्रका आधारमा सेवा प्रवाहको व्यवस्था परिवर्तन गरिएको हो। यससँगै नापी कार्यालय कैलालीको कार्यक्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नं. १ देखि १९ सम्मका सेवाग्राहीले आवश्यक भूमि प्रशासनसम्बन्धी सेवा उपमहानगरपालिकाबाटै लिन सक्नेछन्।

नयाँ व्यवस्थाअन्तर्गत नक्सा प्रिन्ट, कित्ता काट, कित्ता एकीकरण, फिल्ड रेखाङ्कन, नक्सा अद्यावधिकलगायतका सेवाहरू नगर कार्यपालिकाको कार्यालयबाट उपलब्ध गराइने जनाइएको छ।

नापी कार्यालय कैलालीले सेवाग्राही तथा सरोकारवालालाई साउन ६ गतेदेखि आवश्यक कामका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

यो व्यवस्थाले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुने भएकाले सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह अझ छिटो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार