काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गरेको भन्ने स्थापित कथामा आफू विश्वस्त नरहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नै आमा–बुबासहित सम्पूर्ण परिवारको हत्या दीपेन्द्रले गरेको भन्ने विषयलाई विश्वव्यापी रूपमा प्रचार गरिएको भए पनि त्यसको सत्यता अझै पुष्टि नभएको दाबी गरे।
उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर तयार पारिएको कथा व्यापक रूपमा फैलाइएको उल्लेख गर्दै वास्तविक घटना के थियो भन्ने विषय अझै स्पष्ट हुन नसकेको बताए।
अध्यक्ष ओलीका अनुसार, प्रेम असफलताका कारण दीपेन्द्रले हत्याकाण्ड गरेको भनाइ षड्यन्त्रमा संलग्न पक्षले निर्माण गरेको कथा हुन सक्ने आशंका रहेको छ। साथै, घटनाको वास्तविक सत्य बाहिर आउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।




प्रतिक्रिया दिनुहोस्