बाथरुममा लडेका देउवाको दायाँ हात भाँचियो

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँच्चिएको छ ।

पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।

उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार