ट्र्याक्टर रोक्नु गलत होइन, सडक बनाउन दबाब दिन गरिएको हो’: पूर्वमुख्यमन्त्री रावलको स्पष्टीकरण

धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले ट्र्याक्टर रोकेको घटनासम्बन्धी सामाजिक सञ्जालमा भाइरल भएको भिडियोले वास्तविकता नझल्काएको बताएका छन्। उनले भिडियोको सानो अंश मात्र सार्वजनिक गरेर घटनालाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले सम्बन्धित सडक निर्माणको ठेक्का लिएको कम्पनीले करिब तीन वर्षदेखि सडक निर्माण अधुरै छाड्दा स्थानीय बासिन्दाले निरन्तर सास्ती भोग्दै आएको उल्लेख गरेका छन्।

उनका अनुसार निर्माण कम्पनीले सडकको काम पूरा नगरी निर्माण सामग्री अन्यत्र लैजान खोजेपछि स्थानीयको हितलाई ध्यानमा राख्दै ट्र्याक्टर रोकिएको हो। “पहिले सडक निर्माण सम्पन्न गर्नुस्, त्यसपछि मात्रै सामग्री लैजानुस्” भन्ने उद्देश्यले उक्त कदम चालिएको उनको भनाइ छ।

रावलले जनताको समस्याप्रति निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन गरिएको पहललाई अन्यथा अर्थ लगाउनु उचित नहुने बताएका छन्। उनले यही दबाबपछि घटनाको भोलिपल्टदेखि सडकमा पानी छर्किने र कालोपत्रको काम अघि बढेको दाबी पनि गरेका छन्।

घटनाको एउटा अंश मात्र सामाजिक सञ्जालमा फैलाएर भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै रावलले कुनै पनि विषयमा निष्कर्ष निकाल्नुअघि त्यसको सम्पूर्ण पृष्ठभूमि बुझ्न र तथ्यलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सबैसँग आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार