कान्तिपुरको गेटमा छाडिएको गाडी चढ्थे रास्वपाका नेता, भूपदेवले गरेका थिए विभागमा मनोनीत

२९ असार, काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।

उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको भेटिएको छ । जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन् ।

मेयर कन्थमणिले अनलाइनखबरसँग कुराकानी गर्दै करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको जानकारी गराए ।

‘हो, उक्त नम्बरप्लेट (बा ०१–०३४ च ८४८०) को गाडी मेरो छोरा (रवि) ले चढ्ने गरेको थियो । करिब एक महिना जति भयो गाडी किनेको,’ उनले भने, ‘अहिलेसम्म पास गरिसकेको छैन ।’

उनका अनुसार, कहिले छोरा र कहिले चालकले चलाउने गरेको मेयर कन्थमणिले बताए ।

उनका छोरा रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए ।

रास्वपाले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।

उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए ।

मेयर कन्थमणिले पनि केही महिनाअघि छोरा रवि रास्वपामा प्रवेश गरेको अनलाइनखबरलाई बताए ।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो ।

प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार