धनगढीको बेहडाबाबामा १८ बर्षिय किशोरीमाथि करणी, ३ जना पक्राउ

धनगढी : धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबामा १८ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्द तथा १६ र १७ वर्षीय दुई किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीका अनुसार गत जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आइतबार तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पीडित युवतीको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र त्यसपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ। पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार