दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं :  आईसीसी विश्वकप लिग–२ क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकमा नेपालले युएईलाई २९० रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ‌‌‌ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ९४ बलमा सर्वाधिक १०० रन बनाए। विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमालले ११ र आरिफ शेखले ११ रन बनाए। 

युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २/२ विकेट लिए। हेडर अलि र खुजीमा तानभिरले समान १/१ विकेट लिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार