काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकमा नेपालले युएईलाई २९० रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ९४ बलमा सर्वाधिक १०० रन बनाए। विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमालले ११ र आरिफ शेखले ११ रन बनाए।
युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २/२ विकेट लिए। हेडर अलि र खुजीमा तानभिरले समान १/१ विकेट लिए।




प्रतिक्रिया दिनुहोस्