‘लोक दोहोरी स्टार सिजन–१’को उपाधि निशा लामालाई

काठमाडौं । नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–१’को उपाधि निशा लामाले जितेकी छन् । राजधानीमा भएको ग्रान्ड फिनालेमा शीर्ष उपाधि जित्दै उनले दश लाख रुपैयाँ नगद पुरस्कार पाइन्

शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो बने । 

एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए । आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपुत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।

फिनालेमा रिता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा, अमृत खाती निर्णायक थिए । कार्यक्रमको होस्ट रोजिन शाक्य र मुना अर्यालले गरेका थिए ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार