काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको छ।
सोही क्रममा ओमबहादुर रानालाई पनि प्रहरी नियमावलीअनुसार नगदसहित पुरस्कृत गरिएको हो। उनले सुदूरपश्चिममा शान्तिपूर्ण निर्वाचन सफल रुपम गराउन भूमिका खेलेका थिए।
आईजीपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्। निर्वाचनको समयमा उल्लेखनीय भूमिका निर्वाह गरेका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा अन्य कर्मचारीहरूलाई पनि प्रेरित गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको जनाइएको छ।
नेपाल प्रहरीले उत्कृष्ट कार्यको कदर गर्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्