१ चैत, रोल्पा । रोल्पामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । पश्चिम रोल्पामा अवस्थित परिवर्तन गाउँपालिका-४ तातोपानीमा प्रहरीले शनिबार अफिम खेती नष्ट गरेको हो ।
प्रमुख जिल्ला अधिकार गंगाबहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको नेतृत्वमा खटिएको जिल्ला प्रहरी कार्यालयको ७ जनाको टोली र इलाका प्रहरी कार्यालय पाछाबाङको ७ जनाको टोलीले अफिम खेती नष्ट गरेको हो ।
करिब ७०० अफिमका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त ठाउँमा अफिम खेती गरेको आरोपमा एकजनालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पक्राउ पर्नेमा परिवर्तन गाउँपलिका-४ तातापानीका ६० वर्षीय धनसिंह वली रहेका छन् । उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया दिनुहोस्