कैलालीमा एक जना प्रहरी जवानको मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालयले पाँच सदस्य छानबिन समिति गठन गरेको छ।
बझाङको तलकोट गाउँपालिका–१ का ३३ वर्षीय प्रहरी जवान सन्देश चदारा आफू कार्यरत कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेक (भवन) को छतबाट लडेर मृत्यु भएको थियो।
यो घटना सोमबार राति साढे ११ तिरको हो।
गम्भीर अवस्थाका प्रहरी जवान चदारालाई तत्काल टीकापुर प्रादेशिक अस्पताल पुर्याइएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो।
चदरा मृत्युको घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिना नेतृत्वको पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
डिएसपी तिमिल्सिना छानबिन समितिलाई समय सीमा नतोकिएको भए पनि तीन–चार दिनभित्रै सत्यतथ्य सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बताए।
मृतक प्रहरी जवान चदाराका परिवार र आफन्तले घटना शंकास्पद रहेको भन्दै छानबिन समिति गठन गरी तथ्यसत्य सार्वजनिक गर्न माग गरेका थिए।




प्रतिक्रिया दिनुहोस्