- सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादबारे प्रारम्भिक दृष्टिकोण दिने भएको छ।
- उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्ने आदेश सर्वोच्चले दिएको छ।
- सुनुवाइमा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने निर्णय हुनेछ।
२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।
उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो ।
दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि डाकेको छ ।
र, त्यो दिन निर्वाचन आयोगले समेत साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित फाइल पेस गर्नुपर्नेछ । सर्वोच्च अदालतले त्यही दिन अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत हुने संकेत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्