‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म

  • अभिनेता पल शाहको फिल्म ‘आबाट आमा’ले २३ फागुनसम्म देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाएको छ।
  • फिल्म ‘आबाट आमा’ले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ र यो पल शाहको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
  • दिनेश राउत निर्देशित ‘कुमारी’ले ६५ लाख र ‘रमितको पिरती’ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म यो फिल्मले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ । यसअघि उनी अभिनित ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ अहिले पनि हलमा चलिरहेको छ ।

दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबारसम्म देशब्यापी ६५ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘रमितको पिरती’ ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार