दार्चुला: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम खलंगा ल्याउने काम भइरहेको छ।
अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी खलंगा ल्याइँदै छ। त्यस्तै, नागु क्षेत्रको मतपेटिका पनि खलंगा ल्याउने क्रममा रहेको जनाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बस्नेछ। बैठकपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
सबै मतपेटिका संकलन भइसकेपछि आज दिउँसोसम्म मतगणना प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

.jpeg)




प्रतिक्रिया दिनुहोस्