सुदूरपश्चिममा सशस्त्र प्रहरीको मानवियता: बृद्ध र अशक्तलाई मतदानमा सहयोग

धनगढी –
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले बृद्ध तथा अशक्त मतदातालाई मतदान गर्न सहजीकरण गरेका छन्।
जिल्ला बैतडीको सिगास गाउँपालिका–१ स्थित अर्जुन माध्यमिक विद्यालय गाजरी मतदान केन्द्रमा खटिएको सशस्त्र प्रहरी टोलीले ८७ वर्षीय रतन चम्रकार, ८९ वर्षीय दल बहादुर चम्रकार र ७९ वर्षीय नरेन्द्र चम्रकारलाई मतदान गर्न सहयोग गरेको छ।                                                                       
त्यसैगरी बैतडीकै डिलाशैनी गाउँपालिका–७ धामीगाउँस्थित सि.के. माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले ८० वर्षीय गौर दत्त जोशीलाई मतदान कार्यमा सहजीकरण गरेको थियो।
दशरथचन्द नगरपालिका–४ शाहिलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रमा ७० वर्षीया राजमती भण्डारीलाई पनि सशस्त्र प्रहरी टोलीले मतदान गर्न सहयोग गरेको जनाएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित बालसेवा माध्यमिक विद्यालय मतदान केन्द्रमा स्ट्राइकिङ टोलीले ९२ वर्षीया मोहनी थारूलाई मतदान गर्न आवश्यक सहजीकरण गरेको थियो।                                                                   
कैलालीको धनगढी उपमहानगरपालिका–१४ डि गाउँस्थित जनजागृति माध्यमिक विद्यालय मतदान केन्द्रमा ९७ वर्षीय जेष्ठ नागरिक भद्रबहादुर खत्रीलाई मतदान कार्यमा सरिक गराउन सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर रावतको टोलीले सहयोग गरेको छ।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा ७६ वर्षीय पदमबहादुर क्षेत्री र ६५ वर्षीय प्रेमलाल रानालाई निर्वाचन क्षेत्र सुरक्षा बेस कलुवापुरबाट खटिएको टोलीले मतदान स्थलसम्म पुग्न सहजीकरण गरेको जनाएको छ।
यस विषयमा सुदूरपश्चिम सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले निर्वाचनलाई सहज, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउन सशस्त्र प्रहरीले बृद्ध, अशक्त तथा जेष्ठ नागरिकलाई विशेष सहयोग गर्दै आएको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार