गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन् ।

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्च अधिकारी सहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो ।

सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ । यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ । प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ ।

मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरू, गृह मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रणालीबारे जानकारी दिएका थिए । उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे/नपुगे, मतदान प्रक्रिया सुरु भए/नभएको तथा मतदान रोकिएकोलगायत मतगणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ । अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति थियो ।

केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमत गरिन्छ ।

सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताए । यो प्रणालीले निर्वाचनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्री अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

सूचना प्रणालीमार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ ।

मतदान, निर्वाचन गतिविधि, सूचना संकलन व्यवस्थापन/अनुगमन र अनलाइन माध्यमबाट सूचना संकलन गरिनेछ ।

मतदान केन्द्र प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचणा प्रणालीको विकास गरिएको छ । मोबाइल टीम, सीसी क्यामेराबाट लाइभ मनिटरिङ गर्न सकिन्छ । मतगणना केन्द्रको विवरण कल सेन्टर र अनलाइनको माध्यमबाट सूचना संकलन गरिन्छ । सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन उपयोगी हुनेछ ।

गृहमन्त्री अर्यालले ७ वटा प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिएका थिए ।

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार