नेपाली सेनाले भन्यो- अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नू

नेपाली सेनाले बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत सुरक्षा योजना अनुसार आवश्यक सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यका साथ कार्य गरिरहेको जनाएको छ ।

चुनावकाे पूर्वसन्ध्यामा अपिल जारी गर्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको बताएकाे हाे । 

सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवालासँगको समन्वयमा काम गरिरहेको जनाएको छ।

अपिलमा भनिएकाे छ, ‘नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको छ ।’

समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै आएकोमा  सेनालाई जोडेर सुनियोजित ढंग प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउन पनि सेनाले अपिल गरेको छ । 

अपिलमा भनिएको छ, ‘नेपाली सेनालाई जोडेर सुनियोजित ढंगबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार