रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना

काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । 

सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोल भट्टले जानकारी दिए । 

मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुवारीको भिरमा खसेको जानकारी प्रारम्भिक जानकारी आएको उनको भनाइ थियो ।

AD

उनका अनुसार आगामी निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गदै दुर्घटना भएको खबर आएको बताए । उनले भने,‘ उद्धारको लागि प्रहरीको टोली अहिले घटना स्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको छ ।’

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार