‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ भन्ने भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्टलाई काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरिएको हो।

प्रहरीले भट्टमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरी समाजमा नकारात्मक असर पार्ने कार्य कानुनविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारणलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार हुन र अपुष्ट तथा भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार