चुनाव बिथोल्नसक्ने आशंकामा इटहरीबाट क्रान्तिकारी कम्युनिष्टका २ जना पक्राउ

विराटनगर । फागुन २१ गते हुने निर्वाचन बहिष्कारको अभियानमा लागेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरीबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र सोही ब्युरोका सचिव डिल्ली बोहोरालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई इटहरीस्थित पशुपति चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस अघि झापाबाट पनि २ जनालाई नियन्त्रणमा लिइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार