निर्वाचनको माहोलबीच कैलाली नाकाबाट आवतजावत बढ्दो

कैलालीः कैलाली नाकाबाट हिजो मात्र ८८१ जना नेपाली स्वदेश फर्किएका छन् भने ९३७ जना नेपाली रोजगारीका लागि भारत गएका छन्। निर्वाचनको माहोल नजिकिँदै जाँदा एकातर्फ मतदान गर्न विदेशबाट फर्किनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ जीविकोपार्जनका लागि देश छोड्ने क्रम पनि उस्तै रहेको देखिएको छ।

निर्वाचनमा सहभागी हुन केही नेपाली भारत लगायत अन्य स्थानबाट नेपाल फर्किएका हुन्। उनीहरू लोकतान्त्रिक प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न चाहेको बताउँछन्। तर, रोजगारीका लागि भारततर्फ लाग्नेहरू भने अघिल्ला निर्वाचनहरूले आफ्नो जीवनमा खासै परिवर्तन नल्याएको गुनासो गर्छन्।

विदेशिनेहरूका अनुसार, अघिल्लो निर्वाचनमा मतदान गर्दा पनि रोजगारी, आर्थिक अवस्था र जीवनस्तरमा उल्लेखनीय सुधार नभएकाले यस पटकको निर्वाचनबाट पनि धेरै आशा नरहेको उनीहरूको भनाइ छ। परिवारको गुजारा चलाउनै पर्ने बाध्यताका कारण उनीहरू पैसा कमाउन भारत जान बाध्य भएको बताउँछन्।

AD

निर्वाचनको सरगर्मीबीच सीमा नाकामा देखिएको यो आवतजावतले देशभित्रको रोजगारी अवस्था र जनताको अपेक्षाबीचको अन्तरलाई स्पष्ट रूपमा उजागर गरेको छ।
 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार