सुदूरपश्चिममा निर्वाचन सुरक्षा तयारीबारे प्रदेश प्रमुख नजिर मियाँलाई ब्रिफिङ

धनगढीः सुदूरपश्नचिमका प्रदेश प्रमुख नजिर मियाँलाई चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरूले आगामी निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी गराएका छन्।

प्रदेश प्रमुख निवासमा आयोजित भेटमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूले समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ दिएका हुन्। उक्त भेटमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी थिए।

प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालले प्रदेश एकीकृत सुरक्षा योजनाबारे जानकारी दिँदै यसपटकको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र चुस्त बनाइएको बताए। आवश्यक परेमा नेपाली सेना पनि स्ट्यान्डबाइ अवस्थामा रहने उनले उल्लेख गरे।

AD

नेपाली सेनाका पृतनापति किरण केशीले हालसम्म प्रदेशको अवस्था शान्तिपूर्ण रहेको जानकारी दिँदै निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन सेना प्रतिबद्ध रहेको बताए।

AD

सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले थप प्रहरी परिचालनसहित निर्वाचन लक्षित सुरक्षा तयारीबारे अवगत गराए। उनले जेलबाट फरार केही कैदीबन्दीको अवस्थाबारे पनि जानकारी दिँदै अहिलेसम्म उनीहरूबाट अवाञ्छित गतिविधि देखिएको छैन भने। अधिकांश पुनः कारागार फर्किएको र केही भारततर्फ रहेको बुझिएको जानकारी उनले दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लामा मतपत्र ढुवानीलगायत सम्पूर्ण तयारी अघि बढिरहेको र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रशासन सक्रिय रहेको बताए। खुला सीमाका कारण केही चुनौती भए पनि भारतीय पक्षसँग समन्वय गरी सीमा सुरक्षामा कडाइ गरिएको उनको भनाइ थियो।

सुरक्षा निकायबाट ब्रिफिङपछि प्रदेश प्रमुख मियाँले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन गरिएको तयारीप्रति प्रशंसा व्यक्त गरे। नागरिक र सुरक्षा निकायबीच सहकार्य भएमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सकिने विश्वास उनले व्यक्त गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार