कञ्चनपुर: भीमदत्त नगरपालिका–१८ भगतपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ३ लाख ६४ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा रहेको एक थान स्कुटर तथा ब्रस रोल पेन्टलगायतका सामग्री फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद सामानको अनुमानित मूल्य ३ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

.jpeg)




प्रतिक्रिया दिनुहोस्