बझाङका शमशेर चदारा पहिलो बेलायती सेना

“दाइ भन्छन् म र मेराे परिवारले गरेकाे संघर्षकाे मीठाे फल पाईयाे । अझै सु:खशान्ति समृद्धिकाे कामना छ मेराे प्याराे भाइ”गाेफ्लु”(मायाले बाेलाउने नाम)”

बझाङ ।

SHIKHAR COOL TECH

नेपालीकाे ईमान र शाहस बिरताकाे प्रतीक मानेर बिगत लामो बर्ष देखि नेपाली युवाहरू बेलायती सेनामा भर्ना हुन पाउने अवसर मिले देखि नेपालका विभिन्न जिल्ला बाट बेलायती सेनामा भर्ना गर्ने गरिएकाे थियाे । एक उदाहरणीय समाजकाे पात्र बनेका छन् । बझाङकाे तलकाेट गाउँपालिका वडानं १ का २० बर्षिया शमशेर चदारा बझाङकाे पहिलो ब्रिटिस आर्मी बनेका छन् ।

हाम्रो समाजकाे तल्लाे नजरमा रहेकाे दलित समुदायका समशेर चदारा बझाङ जिल्लाकै पहिलो ब्रिटिस्(बेलायती सेना) सेनामा नाम लिकाल्न सफल भएका छन् ।तलकाेट गाउँपालिका वडानं १ सेरागाउँ दलित बस्तीमा जन्मेका २० बर्षिया शमशेर चदारा पहिलो प्रयासमै बेलायती सेनामा नाम निकाल्न सफल भएका हुन् ।

मान्छे जातपात,बर्णले सानाे ठूलाे हुदैन् भन्ने पुष्टि भएकाे छ । तन मन र कर्म स्वच्छ सफा सत्कर्ममा लाग्याे भने फल मीठ्ठै पाईन्छ भन्ने एक उदाहरण भएकाे छ ।बुवा जलाती चदारा र आमा बिमला चदारा काे काेखबाट जन्मेका शमशेर चदारा अहिले एक बिश्वकै उत्कृष्ट बेलायती सेनामा भर्ना भएका छन् ।

उनका दाइ सन्ताेष चदारा भन्छन् । भाई र घरपरिवारकाे सपना र जिम्मेवारी पूरा गर्न ६ बर्ष गाैर्वशाली संगठन नेपाल प्रहरीमा जागिर गरे,पढ्दा पढ्दै “ईपिएस”मा दक्षिण काेरीयामा राेजगारीकाे लागि नाम निस्याे अहिले म काेरियामै छु । राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा रहेका दाई सन्ताेष चदारा भन्छन् “म अहिले एकदमै खुसी छु,भाईलाई सानै पाँच कक्षामा पढ्दै गर्दा काठमाडौ लिएर आए,पढाए अहिले राम्रो सफलता हासिल गर्याे । म र मेराे परिवारले गरेकाे संघर्षकाे मीठाे फल पाईयाे” काेरीयाबाट सन्ताेष चदारा ब्रिटिस आर्मीका दाइ भन्छन् । अझै सु:खशान्ति समृद्धिकाे कामना छ मेराे भाइ निकनेम मायाले बाेलाउने नाम”गाेफ्लु” लाई ।

शमशेर चदाराले बेलायती सेनामा नाम निकाले पछि बझाङ बाट बुवा आमा बधाई तथा शुभकामना दिन ब्रिटिश आर्मी शिक्षालय पाेखरा गएर खुसी साटासाट गरेका छन् । एक गरिब परिवारमा जन्मेर बेलायती सेनामा भर्ना भए पछि छिमेकी र जिल्ला बासी एक सकरात्मक उर्जा लिएर खुसी भएका छन् । तलकाेट गाउँपालिका वडानं १ का छिमेकी नेपाल तरूण दल बझाङका युवा नेता राेशाेन कुँवर राणा भन्छन् । हाम्राै नजिकै घर छ । हामी बिहान खाना खाए पछि साझ के खाउ भन्ने चिन्ता बाेकेर दु:ख कष्ट झेल्दै आएका ब्यक्ति हाैं । भाईले बेलायती सेनामा नाम निकालेकाेेमा हामी सबै हर्षित भएका छाै छिमेकी राेशन कुवले बताए । कुँवरले भने संघर्ष गर्याे भने संसारमा असम्भव भन्ने कुनै पनि चिज या बस्तु हुदैन् । सबै सफलतामा पाउन सकिन्छ भन्ने प्रमाणीत भएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार